Thursday, 23 July 2009

दृष्टिकोण

रामकुमार श्रेष्ठ


असोजको
महिना, त्यसैले बिहान बेलुकी जाडो हुनु अस्वाभाबिक होइन भालेको डाँकसंगैको हो कि होइनको झिसमिसे उज्यालोसंग कस्ले कस्लाई उछिन्ने भन्ने प्रतिस्पर्धामा उत्रिसकेका छन गाउँलेहरु बिशेषत: महिलाहरु रित्ता गाग्रीहरु बोक्दै अंगारले दाँत माझ्दै धारातिर प्रस्थान गरेर पुरुषहरु भने -आफ्ना आवश्यकतानुसार कोदालो, कोदाली, खुर्पि-ठ्याक बोकेर खेत, बारी, जंगलतिर लाग्न थाली सकेका छन । बाध्यात्मक परंपरागत समयसंग जुध्ने भनौं वा खेल्ने तौर तरीका हो यो उनीहरुको बाटोदेखि पंधेरासम्म पधेर्नी गफ बाक्लिने क्रम जारी भने यदाकदा खेत, बारी जंगल जानेहरु वल्लाघर पल्लाघरकाहरु तयार भए नभएको जानकारी लिन सबेरै ठूल्-ठूला स्वरले बोलाँउदै शान्त बातावरण खलबल्याउने परंपरा पनि कहिलेकाँही सक्रिय भईरहेको

एउटा अलिक सुनसान दोबाटोमा जाडो, हल्ला केहीको पनि पर्बाह नभएको झैं गरी एकजना अधबैंसे मानिस सुतिरहेको देखिन्छ यस्तैमा एउटा जड्याहा खुट्टा लरखराउँदै उस्को नजिक आइपुग्छ बाटोमा त्यसरी सुतिरहेको मानिसलाई लक्षित गरेर " यो झन मभन्दा बढी जड्याहा रहेछ यति सबेरै ढल्नै पर्ने गरी धोकेछ बजियाले" भन्दै हाँस्दै अगाडि बढछ केही समयपछि सोही बाटो भएर एउटा चोर आइपुग्छ सुतिरहेको मान्छे देखेर "बिचरा भर्खरको सिकारु चोर परेछ क्यारे चोर्दा चोर्दै फेला परेर भक्कुमार गोदाइ खाए जस्तो " भन्दै त्यत्तिकै छाडेर जान्छ त्यस्को लगत्तै केही समयपछि एउटा सन्त सोही बाटो हुँदै जाँदा सुतिरहेको उक्त मान्छेलाई देखेर " हे भगवान! संयोगले आज कति ठूलो महात्माको दर्शन पाइयो यस्तो जाडोमा पनि बाटैमा कति गहिरो ध्यानमा लीन भएको होला" भनेर साष्टांग दण्डवत गरी अगाडि बढ्यो

Published link:

http://www.shrijana.com/000/?p=1715

No comments:

Post a Comment