Sunday, 26 July 2009

Some Videos

Spiritual clips:
Manish Vyas
Mool Mantra I
Selected Nepali Clips:
Nepali Solo dance

Saturday, 25 July 2009

बिना गुरुका नेपाली शाशकहरु

रामकुमार श्रेष्ठ

देश बिदेशमा बस्ने नेपालीहरुले यो बर्षको गुरु पूर्णिमालाई स्वत: स्फूर्त रुपमा निकै महत्वका साथ आधुनिक तबरबाटै भने पनि मनाएर चित्त बुझाए जे जस्तो तबरबाट यस् पून्य दिनलाई मनाएर आफ्नो संस्कृति जोगाउने ज्ञानको कदर गर्ने कार्य गरे त्यस्को कदर गरिनै पर्छ ट्विटरमा खासै नदेखिए तापनि फेसबूकमा भने गुरु पूर्णिमाका सामग्रीहरु प्रचूर मात्रामा देखिएका थिए मेरो लिस्टमा भएका करीब ६०० साथीहरुले १२ घण्टामा गरेका पोस्टिङ्लाई आधार मान्दा जम्मा २६८ पोस्टिङमा १५% याने कि ४० पोस्टिङ् गुरु पूर्णिमासंग सम्बन्धित ८५% याने कि २२८ पोस्टिङ् अन्य थिए बिदेशीहरुलाई यस तथ्यांकमा समाबेश नगराउने हो भने जम्मा १६८ पोस्टिङमा २५% याने कि ३६ गुरु पुर्णिमासंग संबन्धित ७५% याने कि १३२ अन्य भएको देखियो जून १५ देखि गुरु पूर्णिमासम्मको हप्ताको समयाबधिमा निस्चित दिनमा एउटै बिषयबस्तुमा केन्द्रित भएर समग्रीहरु प्रस्तुत गरिएको यो तेश्रो पटक हो यस अघि पहिलो पटक जून १५ मा भारतद्धारा नेपाली भू-भागमा गरिएको सीमा अतिक्रमणको बिरोधमा दोश्रो पटक माइकल ज्याक्सनको मृत्यु भएको दिन २६ जून मा १५ असारको दिन पनि सान्दर्भिक सामग्रीहरुको प्राचुर्यता नभएका होइनन यसरी इन्टरनेट देश बिदेशमा छरिएर रहेका नेपालीहरु बीच राष्ट्रियता, कला, साहित्य एबं आफ्नो बिभिन्न किसिमका संस्कृति जोगाउने राम्रो माध्यम भएको देखिन्छ । राणा, पन्चायत, बहुदलीय प्रजातन्त्र शिशु गणतन्त्रको शासन सबैद्धारा भोगिदै टोकिदै आएका नेपाली जनता प्रत्येकको आचार बिचारको थाहा पाउन पर्ने जति सबै ईतिहास थाहा पाइसकेर वाक्क भैसकेकाहरुकै अनेक चक्रब्यूहका कारण सत्तो श्राप गर्दा गर्दै थकित भैसकेकाहरुकै जनता बन्न परेर नागरिक बन्ने सपना सदा सदाको लागि चकनाचुर हुने हैन भनी चकित चकित नेपालीले गुरु पूर्णिमाको दिनलाई कुनै पनि राष्ट्रिय स्तरका शाशक बन्न लालायितहरुले कुनै महत्व नै नदिएको देख्नु त स्वाभाबिकै थियो पनि उनीहरु धन्यवादका पात्र भने यस कारणले भए कि उनीहरुमा अन्तरनिहित देश जनतालाई संधै कहाली लाग्ने गरी बाँच्न वाध्य पार्ने डरलाग्दो भूतको अथाह श्रोतको खानीयुक्त आचार बिचारलाई परिवर्तन गरिदिने कुनै गुरु छैन भन्ने यथार्थताको खुलासा गर्न कन्जुस्याइं भने गरेनन

'गु' 'रु' मिलेर बनेको गुरुको शाब्दिक अर्थ खोज्दा 'गु' ले अन्धकार 'रु' ले प्रकाश जनाउँछ जस्ले आफूमा अन्तर्निहित ज्ञानरुपी प्रकाशले अरुमा भएको अज्ञानरुपी अन्धकारलाई हटाउन सक्छ उस्लाई गुरु भनिन्छ बैज्ञानिकहरुको अनुसार सामान्यतः मानिसले आफ्नो क्षमताको औसत प्रतिशत मात्र क्षमतालाई प्रयोगमा ल्याउँछन बैज्ञानिकहरुको दृष्टिकोणमा अहिलेसम्ममा सर्बाधिक क्षमताको प्रयोग गर्ने आइन्स्टाइनले आफ्नो क्षमताको -१३ प्रतिशत (यो बिभिधता यस सम्बन्धमा पाइएको मत मतान्तरको आधारमा राखिएको) प्रयोग गरे अतः यदि सामान्य एउटा मान्छेले आफ्नो क्षमतामा कुनै उपायद्धारा -१० प्रतिशत बृद्धि गर्न सकेको खण्डमा आन्स्टाइन जति क्षमतावान हुन सक्ने भयो “संसारको बारेमा जान्न पर्ने हरेक कुरा जान्नेछु भन्ने लागेको थियो, तर जति बढी जान्दै गएँ उति नै बढी यो असम्भब भन्ने अनुभूति हुँदै गयो किनकि जान्न पर्ने अथाह कुराहरु अझै बाँकी नै छन । मलाई लागेको थियो कि एक दिन बिस्व बिज्ञानको रहस्य समाधान गरी यस्लाई गणितीय सूत्रमा सूत्रबद्ध गर्नेछु ता कि यो कुनै रहस्य बन्न नसकोस, तर गणितीय समस्या झन झन ठूलो ठूलो बन्दै गयो संसारको समस्या समाधान गरिनुको अलावा यो आँफै समस्या बन्यो अब यो समस्या समाधान गर्नु असंभब ।“- यो भनाइ हो महान बैज्ञानिक आइन्स्टाइनको यसबाट के स्पस्ट हुन्छ भने मानब मात्रमा बिद्यमान अज्ञानताको पहाड अकल्पनीय भीमकाय पनि यस्ता यथार्थतालाई महसूस गर्न नसकी अहंपना प्रदर्शन गर्नेको नै बाहुल्याता पाईन्छ यत्र तत्र एउटा भनाइ घमण्ड त्यस्ले गर्छ जस्ले केही जानेको , तर जस्ले बुझेको उस्ले कदापी घमण्ड गर्न सक्तैन । के कस्ता गतिबिधि गरेर देशको लागि कस कस्ले के कस्तो योगदान गरे भन्ने कुरा जन चेतनाको स्तर धेरै माथि उठिसकेको कारण स्व-व्याख्या आबस्यक नपर्ने भए तापनि बिना हिचकिचावट स्व-व्याख्या रुपी ढालद्धारा आत्मा सुरक्षा गर्नमा ब्यस्त राष्ट्रिय स्तरको शाशकको रुपमा स्थापित अधिकांश जान्नेहरुको स्थान कहाँ कसरी अबस्थित भन्ने कुराको बेली बिस्तारको आबस्यक्ता खासै देखिन्न

सामान्यत गुरु आध्यात्मिक भौतिक गरी दुई किसिमको मान्न सकिन्छ भौतिक गुरुको रुपमा शैक्षिक संस्थाहरुमा अध्यापन गर्ने सहकर्मी एबं नातेदारहरु लिन सकिन्छ जस्ले भौतिक जीबन यापनका खातिर कुनै कुनै रुप स्तरमा भौतिक आँखा खोल्न सहयोगीको भूमिका निर्बाह गर्न सकोस भौतिक गुरुहरुको कारण भौतिक जीवन यापनका उपयुक्त उपायहरुका संभाबना बढी भौतिक जीवन सहज हुन सक्ने संभाबना बढन सक्छ भनिन्छ यस्ले वाह्य आँखा खोलिदिन्छ सामान्यत भौतिक जीवन यापन गर्नेहरु अधिकांश प्राय: काम, क्रोध, लोभ मोह जालमा फस्ने भएको कारण नैतिकबान नहुने भएकोले जीवन जगतको ज्ञानको आधारमा अज्ञानता हटाउँदै नैतिकवान बन्न भित्री आँखाको श्रोत मानिने आध्यात्मिक यात्राको पनि आवश्यकता पर्छ भनिन्छ भलै आध्यात्मिक यात्रामा लाग्ने सबै नैतिकबान हुन्छन भौतिक यात्रामा लाग्ने सबै अनैतिक हुन्छन भन्ने निस्चितता भने छैन नै पनि आध्यात्मिक यात्रामा लागेपस्चात मानिसमा आएको बिभिन्न किसिमका सकारात्मक परिबर्तन देख्न सकिने भौतिक सम्मुन्नतिको शिखरमा पुगेका पास्चात्य देशका जनताहरुमा पाइने बिभिन्न किसिमका तनाबयुक्त जीवनबाट मुक्ति पाउनका लागि उनीहरुमा पूर्बीय दर्शन अपनाउने बढदो प्रब्रित्तिप्रति आँखा चिम्लन पनि सकिन्न

धेरै बर्ष अघि राणाकालको जंग बहादुर तथा पञ्चायत कालका सूर्य बहादुर जस्तै बहुदलीय प्रजातन्त्रको नाममा बहादुर नराखिए तापनि बहादुर भएका गिरिजाले एउटा धार्मिक कार्यक्रममा राती सबैले दिनभरि आफूले गरेका काम कुराहरुको समीक्षा गर्न मिनेट आँखा चिम्लन पर्ने भन्ने आशयको सल्लाह दिंदा ठानिएको थियो बहुदलीय प्रजातन्त्रका सबभन्दा बहादुर मानिएका गिरिजाले ध्यान शुरु गरेर आफ्ना कमी कमजोरीको समीक्षा गर्न थालने भएपछि देशको मुहार पक्कै फेरिनेछ, तर इतिहासमा नाम अमर बनाउने धेरै अबसर आइपर्दा समेत देश खुम्च्याएर पार्टी पार्टी खुम्च्याएर ब्यक्ति परिवारमा सीमित भएको कुर्सीको लागि जे पनि गर्न पछि नपर्ने आरोपबाट मुक्ति पाउन नसकेका गिरिजाले त्यो सल्लाह अरुलाई दिएर उनीहरुलाई सन्तमा परिणत गर्दै आफ्नो भित्री इच्छा पूर्तिलाई सहज सुरक्षित तुल्याउने हतियार बनाउन खोजिएको पो रहेछ भन्नेहरुकै बाहुल्यता देखिने बातावरण बन्न गयो आजसम्मका उनका संपूर्ण गतिबिधिका आधारमा त ।

जे जस्ता तिकडम गरेर पनि आफूलाई शाशककै दर्जामा दर्ज्याउन तल्लिनहरुका राता पिरा अनुहारहरु पनि आजकाल कस्तो फुङ परेको जस्तो आभास हुन थालेको कबिता पढेका जस्ता भाषण, सकी नसकी कर बल लोक लाजले बाध्यताबश हाँसिएका अप्राकृतिक हाँसो, केटाकेटी पनि फिस्स हास्ने किसिमका बर्बराहटहरु, रुन पनि नसकेको हाँस्न पनि नसकेको फुलिएको जस्तो देखिने सार्वजनिक थुप्रै क्लिपहरु, पाएको कोटाभित्र परेर शाशक बन्न प्रतिक्षारत मित्रहरुको इच्छाहरुलाई अल्पमतमा परिएला भनेर दबाइदिनु पर्ने बाध्यताहरु, पत्याउदैनन भन्ने थाहा पाउँद पाउँदै पनि बोल्नु पर्ने संकटहरु, अर्होट पर्होट गरिनु पर्नेहरुकै अर्होट पर्होट मान्दिनु पर्ने ज्यानमारा अनि इज्जतमारा परिस्थितिहरु आदि आदि हुन आजका केही यथार्थताहरु अनि कसरी राता पिरा अनुहारहरुमा निर्जिबताको ठाउँमा सजिबता सलबलाओस ? नजानी नजानी गरिएका गल्ती, कमी कमजोरीहरु खासै पीडाको श्रोत हुन सक्तैनन, तर जानाजान बोलिएका झुट्टाहरु, थाहा पाइ पाइ गरिएका गल्तीहरु, बुझी बुझी पचाइेएका बुझ पचाइहरु, विश्वाश गर्दैनन भनी थाहा पाउँदा पाउँदै बोल्न पर्ने वाध्यताहरुलाई साथ लिएपछिका पीडा भुक्तभोगीलाई नै थाहा होला देश जनतालाई अधकल्चो बनायो बनायो, बिदेशमा नेपाली हुँ भन्न नै आँट गर्न अफ्टेरो बनायो बनायो, तर नाम सुनाम कुनाम दुई थरीको हुन्छ भन्ने यथार्ततालाई बिर्सेंर आफू पनि भित्रभित्रै रुनु हाँस्नुको यस्तो ज्यानमारा अवस्थामा रहेर आँफैलाई पनि भित्र भित्रै कत्ति पानी पानी पार्दै जिउने हो ? भित्री ब्यथा सबैको -आफ्नै देखिन्छ - कोही कम्युनिस्ट भएपछि आस्तिक कसरी बन्ने भन्ने त्रासमा छन कोही आस्तिक बन्न जाँदा हातबाट नफुस्कनु पर्ने कुरा फुस्किएला भन्ने आतंकको चपेटामा, अनि कोही अंकुश लगाउने साइत खुस्किएला भन्ने चिन्तामा, तर पनि सिंहासनकै प्रश्नलाई असर पार्न सक्ने शक्तिशाली भनिएका मानिएका धर्म गुरुहरुकहाँ भने अनुकूल पर्दा बुर्कुसी मार्न कोही पछि परेको देखिन्न

भनिन्छ सिंहासनभन्दा ठूलो दिलको आसन यसैले होला केही नगरिकनै राजा बन्न पाउने सिद्धार्थ बुद्धत्व प्राप्त गर्न हिंडे आज संसारकै हाय हाय भएका छन राजा भएका भए उस्लाई कस्ले पो चिन्थ्यो ? सिंहासनमा बसेर इतिहासमा नाम लेखाउँदैमा अजर अमर हुने भए त्यस्ता नाम लेखाउने अनगिन्तिले दुनियाँको गाली गलौजको शिकार किन बन्नु पर्थ्यो ? मर्ने दिनको ठेगान छैन, मरेको भोलिपल्ट दुई दिन भै हाल्छ स्वार्थपूर्ण दुनियाँबाट माथि उठेर यथार्थमै बहु जन हिताय सिद्धान्त अनुरुप काम गर्न सामान्यत: भौतिक संसारमा बाच्नेहरुबाट संभबना बिरलै देखिने भएकोले भित्री आँखा खोलेर यस किसिमको ब्यक्तित्व बिकास गर्न आध्यात्मिक गुरुहरुको आबस्यक देखिन्छ केही अपबाद बाहेक अत: आफू पनि निर्धक्कसंग हाँस्न देश जनतालाई पनि हाँस्ने बनाउन शिघ्रातिशिघ्र आफूमा अन्तर्निहित अन्धकार रुपी अज्ञानतालाई हटाउने गुरु धारण गरेर यो बर्ष ढिला भए पनि आगामी बर्ष चाँही साँच्चै नै गुरु पुजन गर्न कम्मर कस्ने हो कि शाशक बन्न तछाड मछाड गर्ने महोदयहरु हो

८ जुलाई, २००९ केण्ट, बेलायत

http://www.khasskhass.com/beenaguruka.htm

http://www.gorkhaonline.net/literature.php?cid=116

http://nepalarab.com/articles_view.php?id=397